जताततै खयर तस्करी, पालो सुनकोसीको

जताततै खयर तस्करी, पालो सुनकोसीको

सिन्धुलीको सुनकोसी–६ खाल्टे आसपास खयर तस्करीको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ। निजी व्यक्तिको खयर कटानी अनुमतिको निहुँमा आसपासका जंगल र ऐलानी जग्गामा रहेका खयर रूखहरू धमाधम काटिएको पुष्टि भएको छ। नम्बरी भन्दै अनुमति नै नलिएको ऐलानी जग्गाका खयर समेत सोत्तर पारिएका छन्। खाल्टेबाट गाउँखर्क जाने सडक आसपासका जंगलका खयर पनि काटेर अहिले थुपारिएका छन्।

मालती सारुको निजी जग्गामा रहेको खयर काट्न अनुमति भए पनि “बाकी टिप पुराउन” भन्दै ऐलानी जग्गा र जंगलमा भेटिने सबै खयर काटिएको बताइएको छ। सारुको जग्गाबाट काटिएको खयर तिहारअघि नै ढुवानी भइसकेको हो। अहिले काटेर थुपारिएको झन्डै एक गाडी बराबरको खयर भने कुनै कटानी अनुमति बिना नै राखिएको छ। खाल्टे–जरुवापानी नजिकैको ऐलानी जग्गामा अवैध कटानी भएको प्रमाणित भइसकेको छ भने गाउँखर्क र निउली जाने सडक आसपासका जंगलका खयर पनि सोत्तर बनाइएका छन्।

तिहारअघि नै सुरु भयो विवाद — ५० हजारमा ‘सेटल’

तिहारअघि ऐलानी जग्गाको खयर काटिएको भन्दै केही स्थानीय युवाले ढुवानी हुन लागेको खयर रोकेका थिए। तर रातारात ५० हजार रुपैयाँ बुझाएर खयर लैजान दिइएको खुलेको छ। उक्त ५० हजार रकम बाटो छेक्न पुगेका १० जनाबीच बाँडिएको स्रोतले बताएको छ। यसले पनि अवैध खयर कटानीको चरम अवस्था पुष्टि गर्छ। पैसा दिएर काम मिलाउनुपर्ने भएपछि ऐलानी जग्गा र जंगलबाट थप खयर काटिएको स्थानीय स्रोतले बताएको छ।

वन कार्यालयको अनुगमनमाथि पनि प्रश्न

अवैध खयर कटानी भइरहेको सूचना पाएपछि डिभिजन वन कार्यालय मरिण र सब–डिभिजन वन कार्यालय सुनकोसीको संयुक्त टोलीले हिजो घटनास्थल अनुगमन गरेको थियो। तर अनुगमनमा जानुअघि नै डिभिजन वन कार्यालयले सूचना दिने व्यक्तिको ‘तीन पुस्ते खोजी’ गर्न थालेपछि वन कार्यालयको भूमिकाप्रति थप शंका उठेको स्थानीयहरूको टिप्पणी छ।

सिन्धुलीको दुधौली–१४ र गोलन्जोर–३ मा पनि व्यापक खयर तस्करी भइरहेको तथ्य पहिले नै सार्वजनिक भइसकेको छ।

सिन्धुलीको सुनकोसी–६ खाल्टे आसपास खयर तस्करीको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ। निजी व्यक्तिको खयर कटानी अनुमतिको खोस्टो बोकेर आसपासका जंगल र ऐलानी जग्गामा रहेका खयर रूखहरू धमाधम काटिएको पुष्टि भएको छ। नम्बरी भन्दै अनुमति नभएको ऐलानी जग्गाका खयर समेत सोत्तर पारिएको छ। खाल्टेबाट गाउँखर्क जाने सडक आसपासका जंगलका खयर पनि काटेर अहिले थुपारिएको छ।

मालती सारुको निजी जग्गामा रहेको खयर कटानका लागि अनुमति भए पनि “बाकी टिप पुराउन” भन्दै एलानी जग्गा र जंगलमा भेटिने सबै खयर काटिएको बताइन्छ। मालती सारुको जग्गाबाट काटिएको खयर तिहारअघि नै ढुवानी भइसकेको हो। अहिले काटेर थुपारिएको १ गाडी खयरको भने कुनै कटान अनुमति छैन। खाल्टे–जरुवापानीनजिकको एलानी जग्गामा खयर कटान भएको प्रमाणित भइसकेको छ भने गाउँखर्क र निउली जाने सडक आसपासका जंगलका खयर पनि सोत्तर पारिएका छन्।

तिहारअघि नै सुरु थियो विवाद – ५० हजारमा मिल्यो कुरा

तिहारअघि नै ऐलानी जग्गाको खयर काटिएको भन्दै केही स्थानीय युवाले ढुवानी हुन लागेको खयर रोकेका थिए। तर मध्यरातमा ५० हजार रुपैयाँ लिएर खयर छोडिएको थियो। उक्त ५० हजार बाटो छेक्न पुगेका १० जनामा बाँडिएको स्रोतले बताएको छ। यसले पनि अवैध खयर कटान भैरहेको पुष्टि गर्छ। जसरी पनि पैसा खुवाएर लानुपर्ने भएपछि अहिले ऐलानी जग्गा र जंगलबाट थप खयर काटिएको स्रोतले जनाएको छ।

वन कार्यालयको अनुगमनमा पनि शंका

अवैध खयर कटानी भएको सूचना पाएपछि हिजो डिभिजन वन कार्यालय मरिण र सब–डिभिजन वन कार्यालय सुनकोसीको संयुक्त टोलीले घटनास्थलको अनुगमन गरेको थियो। तर अनुगमनमा जानुअघि नै डिभिजन बन कार्यलयले सूचना दिने व्यक्तिको तीन पुस्ते खोजी गर्न थालेको  देखिएकाले वन कार्यालयको भूमिकाप्रति थप शंका उत्पन्न भएको छ ।

सिन्धुलीको दुधौली–१४ र गोलन्जोर–३ मा पनि व्यापक खयर तस्करी भैरहेको तथ्य पहिले नै सार्वजनिक भइसकेको छ।

टिप्पणीहरू