नेपाली समाजद्वारा मन पराइएकी हिरा

नेपाली समाजद्वारा मन पराइएकी हिरा

अष्ट्रेलियाको सिड्नीस्थित नेपालिज नर्थ शोर कम्युनिटीको नयाँ कार्यकारी समिति गठन भएको छ । कम्युनिटीको एक विशेष साधारण सभामार्फत दुई वर्षका लागि नयाँ कार्यकारी समिति चयन गरिएको हो । 

समितिको अध्यक्षमा पूर्वी नवलपरासीकी हिरा गिरी निर्विरोध निर्वाचित भएकी छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकी उनको नेतृत्वमा संस्था थप उचाइमा पुग्ने विश्वास गरिएको छ । समितिमा ३१ जना सदस्य रहनेछन् । 

संस्थाले निर्वाचनका निम्ति श्री नापित, गणेश केसी,कुमार गिरी,शिशिर नेपालसहितको समिति बनाएको थियो । तर,निर्वाचन नगरिकन सर्वसम्मतिमा अध्यक्ष चुनिएको हो । संस्थाका पूर्वअध्यक्ष प्रेम सापकोटाले निर्वाचित सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । 

सन् २०२५ देखि २०२७ सम्मका लागि गठन भएको समितिले अष्ट्रेलियामा रहेका नेपाली समुदायको हित, नेपाली संस्कृति प्रवर्द्धन, आपसी एकता र सामाजिक सेवाको क्षेत्रमा थप सशक्त कदम चाल्ने अपेक्षा गरिएको छ ।

टिप्पणीहरू