सेनाले फेर्यो प्रवक्ता

सेनाले फेर्यो प्रवक्ता

नेपाली सेनाले सहायक रथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । उनले हिजोदेखि प्रवक्ताको जिम्मेवारी लिएका हुन् ।

बस्नेत यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशक थिए । 

यसअघि गौरवकुमार केसी उक्त जिम्मेवारीमा थिए । उनले भोलिदेखि सेनाको पूर्वी पृतनाका निमित्त प्रमुखको जिम्मेवारी सम्हालै छन् । 

उताका पृतनापति पवनराज घिमिरे सैनिक मुख्यालय, भद्रकाली तानिएका छन् ।

टिप्पणीहरू