अस्तिसम्म सिंहदरबारमा धर्ना, आजदेखि मुलुकभर कालोपट्टी

अस्तिसम्म सिंहदरबारमा धर्ना, आजदेखि मुलुकभर कालोपट्टी

निजामती कर्मचारीहरुले आजदेखि कालोपट्टी बाँधेर काम गर्ने भएका छन् । निजीमती कर्मचारी विधेयकमा उल्लेखित कतिपय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आजदेखि देशव्यापी रुपमा कालोपट्टी बाँधेर काम गर्ने निर्णय गरेका हुन् ।

निजामती सेवामा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरूले राज्यका तीनै तहका सम्पूर्ण कार्यालयमा कालोपट्टी बाँधेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । उनीहरुले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलन गर्दै आएको जनाएका छन् । 

कर्मचारीहरुले अस्तिसम्म सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएका थिए । नयाँ विधेयकप्रति सचिवहरुले पनि असन्तुष्टि राख्दै आएका छन् । यता, विपक्षी दलहरुका कारण संसद बैठक सुचारु हुन सकेको छैन । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयक प्रतिनिधिसभा समक्ष प्रस्तुत हुन सकेको छैन ।

टिप्पणीहरू