गुपचुप भुक्तानीमा नगरपालिकाका हाकिमसहित पत्रकारहरु संलग्न
रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमारसहित पाँच जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । सूचना प्रकाशित नगरी भुक्तानी दिएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
नगरपालिकाका तत्कालीन सह–लेखापाल नवीनकुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल, प्रतिनिधि ओमप्रकाश यादव र जनसवाल पब्लिकेशनका सम्पादक रामजी बगाले छन् ।
आर्थिक वर्ष २०७८–०७९ मा नगरभित्रका कृषकलाई स्प्रे टंकी औषधि वितरण गर्न खरिद प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि तराई पोष्ट र जनसवालमा सूचना प्रकाशन गरिएको भनिए पनि प्रकाशित पत्रिका फेला नपरेको बताइन्छ ।
अख्तियारका अनुसार उनीहरुको मिलेमतोमा सूचना नै प्रकाशित नगरी नक्कली पत्रिकाका आधारमा भुक्तानी दिइएको हो ।
अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम दुई लाख १२ हजार २२५ रुपैयाँ बिगो कायम गरी उनीहरुलाई कैद र जरिवानाको मागदाबी लिइएको छ ।
टिप्पणीहरू