बेलौरीका विद्यालय गर्मीले बन्द

बेलौरीका विद्यालय गर्मीले बन्द

अत्याधिक गर्मी बढेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मीले विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा समस्या आएको भन्दै नगरपालिकाले भोलि र पर्सि बिदा दिएको हो ।

नगरप्रमुख पोतीलाल चौधरीको अध्यक्षतामा आज बसेको बैठकले वर्षे बिदाबाट मिलान हुनेगरी बिदा दिने निर्णय गरेपछि नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै दुई दिन विद्यालय नखोल्न निर्देशन दिएको छ । 

‘हाल बढिरहेको अत्याधिक गर्मीका कारण विद्यार्थी तथा शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी वर्षे बिदाबाट मिलान हुनेगरी मिति २०८२–२–२७ र ऐ २८ गते नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने नगर प्रमुखस्तरीय निर्णय भएको...’,पत्रमा उल्लेख छ । पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ । कतिपय जिल्लामा तातो लहर चल्दा जनजीवन प्रभावित बनेको छ ।

टिप्पणीहरू