लागुऔषध कारोबारी समात्न गोली प्रहार, प्रहरीसहित चार जना घाइते

लागुऔषध कारोबारी समात्न गोली प्रहार, प्रहरीसहित चार जना घाइते

काठमाडौँको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । गोली लागेर २ जना भारतीय नागरिक घाइते भएका छन् । 

प्रहरीका अनुसार टोखा नगरपालिका-३ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पछाडि नेपाल प्रहरीको लागूऔषध व्युरोबाट खटिएको इन्स्पेक्टर राकेश यादवको कमाण्डमा खटिएको ५ जनाको टोलीले उनीहरुलाई पक्रन खोजेको थियो । तर, प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि पेस्तोलबाट ४ राउण्ड गोली चलाएको व्युरोले जानकारी दिएको छ ।  

लागुऔषध कारोबारीको प्रतिकारबाट व्युरोका वरिष्ठ हल्दार नवराज  घिसिङ र सहायक हवल्दार रवीन्द्र केसी पनि घाइते भएको छन् । नाम र वतन नखुलेका २ भारतीयलाई नियन्त्रण लिई प्रहरी हस्पिटल महाराजगञ्ज लगिएको जनाइएको छ ।

टिप्पणीहरू