बेल्जियमका राजदूतलाई थप जिम्मेवारी

बेल्जियमका राजदूतलाई थप जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियमका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उहाँले लम्साललाई नेदरल्याण्ड्सका लागि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो । 

राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा लम्साललाई नेदरल्याण्ड्स अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको जनाएको छ ।

टिप्पणीहरू