मतदानबाट नेतृत्व छान्दै एमाले अखिल

मतदानबाट नेतृत्व छान्दै एमाले अखिल

नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । काठमाडौंको कीर्तिपुरमा भइरहेको २४औं राष्ट्रिय सम्मेलनमा भर्खरै मतदान थालिएको छ । 

मतदानमा ४५ वटा भेन्डिङ मेसिन प्रयोग गरिएको जनाइएको छ । अध्यक्षमा सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

उपाध्यक्षमा खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा तीन र सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।

एमाले उपमहासचिव विष्णु रिमालले अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन भएको र अखिलको इतिहासमा महत्वपूर्ण मोड़ भएको बताएका छन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘यो वा त्यो, यो पक्ष वा त्यो पक्ष’ भन्दै आफैंभित्र कृत्रिम “बैरी” खड़ा गरी अस्वस्थता र कटुता सिर्जना गर्ने हैन, ‘सहमत हुँदा सर्वसम्मत— नहुँदा स्वस्थ प्रतिस्पर्धा गर्ने’ पार्टीले अपनाउँदै आएको बीधिमा हामीले हाम्रा युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ ।’

टिप्पणीहरू