संसदमै बजेट पुस्तिका च्यातचुत
नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आर्थिक वर्ष ०८२/०८३ को बजेट पुस्तिका च्यातेका छन् ।
सरकारले ल्याएको बजेट जनताबाट उठेको राजस्वप्रति उत्तरदायी नरहेको भन्दै आक्रोशित उनले बजेट पुस्तिका च्यातेर विरोध जनाएका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिसमेत रहेका थापाले आजको प्रतिनिधिसभा बैठकमा बजेट जनमुखी नभई नेतामुखी भएकाले बजेट पुस्तिका च्यात्न बाध्य भएको बताए ।
‘बजेटले दैलखी जनतालाई सम्बोधन गर्न सकेन, बजेट साँच्चीकै उत्तरदायी बनेन’, उनले भने, ‘बजेटमा एकाधिकार कायम गरियो, त्यसैले मलाई बजेट नपरेर यो सदनभित्र च्यात्ने अनुमति मागेर पुस्तिका च्यातेको छु (च्यात्दै), धन्यवाद ।’
यता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आज पनि बेल घेराउसहित नाराबाजी गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेको छ ।
टिप्पणीहरू