प्रधानमन्त्रीले उद्घाटन गरेलगत्तै फ्लाइओभरबाट गाडी गुड्ने

प्रधानमन्त्रीले उद्घाटन गरेलगत्तै फ्लाइओभरबाट गाडी गुड्ने

मुलुककै पहिलो फ्लाइओभर ‘ग्वार्को फ्लाइओभर’ बाट भोलिदेखि गाडी गुड्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेलगत्तै फ्लाइओभर सञ्चालन गर्ने तयारी छ । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भोलि अपरान्ह ४ बजे उद्घाटन कार्यक्रम रहेको जानकारी दिएको छ । 

केन्द्रका सूचना अधिकारी सि.डी.ई. प्रदीप भण्डारीले प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि फ्लाइओभरबाट गाडी गुडाइने बताए । जनआस्थासँग उनले भने,‘भोलि अपरान्ह ४ बजे प्रधानमन्त्रीले फ्लाइओभर उद्घाटन गरेर सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि फ्लाइओभर सञ्चालनमा आउँछ ।’

सो फ्लाइओभर आशिष समान्तान्तर रेलिगेट जेभीले निर्माण गरेको हो । २०७८ फागुन १२ गते दुई वर्षमा निर्माण गर्नेगरी सम्झौता भएकोमा ३९ महिनापछि फ्लाइओभर सञ्चालनमा आउन लागेको हो । सूचना अधिकारी भण्डारीका अनुसार फ्लाइओभरको निर्माण लागत ब्याजसहित १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ रहेको छ ।

टिप्पणीहरू