प्रचण्ड नहुँदा तीन दलीय बैठक अलपत्र

प्रचण्ड नहुँदा तीन दलीय बैठक अलपत्र फाइल फाेटाे

आज बस्ने भनिएको प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिँउसो २ बजेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो । आपसी सल्लाहमै बैठक स्थगित गरिएको माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

उनका अनुसार अब भोलि बैठक बस्नेछ । जनआस्थासँग उनले भने,‘आपसी सल्लाहमै बैठक स्थगित भएको छ । भोलि बस्ने भन्ने छ तर समय तय भइसकेको छैन । २–३ बजेतिर बस्छ होला ।’

संंसद अवरोध, संघीय निजामती विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, प्रचण्ड काठमाडौं बाहिर रहेकाले आज दिँउसो २ बजेका लागि बोलाइएको बैठक पुनः स्थगित भएको हो ।

टिप्पणीहरू