हिरासतमा रवीन्द्र मिश्रका तीन दर्जन कविता
पूर्व पञ्चहरुको पार्टी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले प्रहरी हिरासतमा कविता लेखेर दिन कटाएको बताएका छन् ।
तीनकुने हिंसामा पक्राउ परी अदालतको आदेशले हिजो छुटेपछि सामाजिक सञ्जालमा सक्रिय हुन थालेका उनले आज फेसबुकमार्फत ५० दिन हिरासत बस्दा ३५ वटा कविता लेखेको जानकारी दिए । ती कविता अब क्रमशः सार्वजनिक गर्ने उनको भनाइ छ ।
राजा फर्काउन हिँडेका मिश्रले ३० वर्षपछिको नेपाललाई मनन गरेर देशको दीर्घकालीन हित र रुपान्तरणको लागि अठोट र दृढ्ता कायमै रहेको पनि बताएका छन् ।
‘५० दिनको हिरासत बसाइ र त्यसपछि एक महिनाको असहज स्थितिपछि म अहिले सामान्य अवस्थामा फर्किएको छु’, उनले लेखेका छन्, ‘५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको रहेछु, तीमध्यै कुनैकुनै सामाजिक सञ्जालमा प्रेषित गर्ने नै छु ।’
टिप्पणीहरू