हराएका वृद्धको शव सडेगलेको हालतमा
चितवनमा तीन दिनदेखि हराएका वृद्धको शव फेला परेको छ ।
असार ४ गते साँझदेखि घरबाट हराएका राप्ती–१० चिप्लेटी बस्ने अन्दाजी ८१ वर्षीय मकल प्रजाको खोजतलासका क्रममा हिजो दिउँसो घरदेखि करिब ५०० मिटर उत्तरतर्फ रहेको ताकुन्चे खहरे खोलाको खोचमा शव भेटिएको हो ।
सडीगली औंसा किरासमेत परी दुर्गन्धित अवस्थामा शव भेटिएको भनी मृतकका भतिज कृष्णबहादुर प्रजाले टेलिफोन मार्फत् प्रहरीमा जानकारी गराएका थिए ।
खबर पाउनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक प्रदीपजंग महतको कमाण्डमा प्रहरी टोली पुगी घटनास्थल मुचुल्का पश्चात लासलाई पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाइएको थियो ।
टिप्पणीहरू