आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज (सोमबार) देशभर वर्षाको सम्भावना देखिएको छ ।

मनसुनी वायुको प्रभावको तराई र मध्यपहाडी क्षेत्रमा वर्षा तथा उच्च-पहाडी र हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने सम्भावना छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना छ । 

विभागले खोला तथा नदी आसपासमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह समेत गरेको छ । 

टिप्पणीहरू