ढोकामा ताल्चा, कोठामा शव

ढोकामा ताल्चा, कोठामा शव फाइल फाेटाे

कैलालीको धनगढीमा एक युवती आफ्नै कोठमा मृत भेटिएकी छन् ।

धनगढी उपमहानगरपालिका-२ स्थित बैयाबेहडी बस्ने ३० वर्षीया रेणुका चौधरी मृत भेटिएकी हुन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्ती स्थायी घर भएकी चौधरी केही समयदेखि त्यहाँ कोठा भाडामा लिएर बस्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार आज बिहान कोठामा ताल्चा लागेको अवस्थामा चाैधरीकाे शव भेटिएको हाे ।

प्रहरीको टोली केहीबेर अघि घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ । 

टिप्पणीहरू