पाँच ठेकेदारलाई सरकारको सात दिने पूर्जी
ठेक्का ओगट्ने तर समयमै काम सम्पन्न नगर्ने पाँच ठेकेदार कम्पनीलाई सरकारले स्पष्टिकरण सोधेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगर्ने ती निर्माण कम्पनीलाई सात दिनको समय तोकेर लिखित जवाफ मागेको हो । अन्यथा, कालोसूचीमा राख्ने चेतावनी दिइएको छ ।
स्पष्टिकरण मागिएका ठेकेदार कम्पनीमा सातविसे कन्स्ट्रक्सन प्रालि, सदाशिव कन्स्ट्रक्सन, एमएस रोहना–डि एण्ड डि–लिएस जेभी, कास्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालि र आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्न प्रालि छन् ।
तोकिएको समयावधिभित्र लिखित जवाफ नबुझाए निर्माण व्यवसायीलाई कानूनबमोजिम कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइने कार्यालयले प्रष्ट पारेको छ ।
टिप्पणीहरू