झलनाथ पनि इरानतिरै खुले

झलनाथ पनि इरानतिरै खुले

नेकपा एकीकृत समाजवादीका नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले इरानमाथि अमेरिकी आक्रमणको निन्दा गर्नुभएको छ । अमेरिकी कदमले अन्तर्राष्ट्रिय कानूनको उल्लंघनसँगै विश्व शान्तिमा गम्भीर खतरा निम्त्याएको उहाँको निचोड छ । 

इरानमाथि अमेरिकाको नाङ्गो आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्रसमेत उल्लंघन भएको उल्लेख गर्दै खनालले भन्नुभएको छ, ‘देश देशबीचको सामान्य अन्तर्राष्ट्रिय सम्बन्धको नियमहरुलाई पनि यसले उल्लंघन गरेको छ र राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा जंगली राज्यको नमुना प्रदर्शन गरेको छ ।’

इजरायली विस्तारवादी शासकहरुले युद्ध उन्मादका साथ इरानमाथि नै आक्रमण गरिरहेको बेला अमेरिकी सरकारले इरानमाथि गरेको आक्रमणले सिंगो विश्व र विशेषगरी मध्यपूर्वको शान्ति नराम्ररी खलबलिएको उहाँको ठहर छ । 

‘अमेरिकी बम वार्डिङले शान्ति होइन, मध्यपूर्वभरि नै प्रतिरोधका ज्वालाहरु दन्किने सम्भावना देखिएका छन् । आजको विश्वमा संवाद, सहमति, सहकार्य र विकासको विकल्प छैन । तर, यतिबेला अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवाद नै मध्यपूर्वमा अशान्ति, युद्ध, आक्रमण र विनासको मुख्य कारक रहेको छ,’ खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

बालेनविरुद्ध चार करोड घोटालाको अर्को उजुरी

मध्यपूर्वबाट अमेरिकी प्रभूत्वको अन्त्य र स्वतन्त्र प्यालेस्टाइनी राज्यको स्थापना नै त्यस क्षेत्रमा शान्ति स्थापनाको मुख्य कडी रहेको बताउँदै उहाँले अमेरिका र इजरायली आक्रमणकारी गतिविधिको विरोध र इरानी, अरबी र इस्लामिक जनताको प्रतिरोध संघर्षप्रति समर्थन जनाउनुभएको छ ।

साथै, युद्ध विस्तार हुँदै जाँदा अरब देशमा रहेका लाखौं नेपाली श्रमिकको जीवन अस्तव्यस्त हुने भएकाले उनीहरुको संरक्षण र उद्धारका निक्ति तम्तयार रहन पनि खनालले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

हिजो नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ११ वटा वामपन्थी दलले पनि इरानमा अमेरिकी हमलाको निन्दा र भर्त्सना गर्दै संयुक्त वक्तव्य निकालेका थिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने मूडमा उपेन्द्र

टिप्पणीहरू