पदका निम्ति झण्डै पाँच दर्जन गुरुको प्रतिस्पर्धा
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १३ जनाले आवेदन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त उपकुलपति पदका लागि मन्त्रालयले गठन गरेको उपकुलपतिमा नाम सिफारिस समितिले आवेदन माग गरेपछि ती निवेदन परेका हुन् ।
बीपी प्रतिष्ठान धरानमा हालका निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित १३ जनाले आवेदन गरेका छन् । अन्यमा डा. रमेशराज कोइराला, डा. रोशन पोखरेल, डा. लक्ष्मीनारायण सिंह, प्रा.डा. विष्णुप्रसाद शर्मा, प्रा.डा. गौरीशङ्कर साह, प्रा.डा. पशुपति चौधरी, प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. रोहितप्रसाद यादव, प्रा.डा. सङ्गीता सिंह भण्डारी, प्रा.डा. सञ्जीवकुमार शर्मा र प्रा.डा. कृष्णकुमार राई छन् ।
उपकुलपतिका लागि नाम सिफारिस समितिले आवेदकहरुको सूची सार्वजनिक गर्दै इच्छुक उम्मेदवारलाई सात दिनभित्र कार्ययोजनसहित प्रस्तुत हुन भनेको छ । समितिले बीपीसहित पाटन, पोखरा, कर्णालीको लागि पनि माग गरेको थियो । जसमा कूल ५५ जनाले आवेदन दिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १५ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १० जनाले आवेदन दिएका छन् । पोखराका लागि प्रा.डा अर्जुन आचार्य, डा प्रदीप घिमिरे, प्रा.डा. माया लामा, प्रा.डा. चण्डिका पण्डित, प्रा.डा. भरतबहादुर खत्री, प्रा.डा. राकेशकुमार वर्मा, प्रा.डा. राजेश अधिकारी, प्रा.डा. नारायणसिंह गुरुङ, प्रा.डा. प्रेमराज ज्ञवाली, प्रा.डा. विद्यानिधि पौडेल, प्रा.डा इश्वर शर्मा कँडेल, प्रा.डा दिपकराज पौडेल प्रतिस्पर्धामा देखिएका छन् ।
टिप्पणीहरू