अर्बपतिको विवाहमा प्रदर्शन, ‘किस हुन्छ, बेजोस हुन्न’

अर्बपतिको विवाहमा प्रदर्शन, ‘किस हुन्छ, बेजोस हुन्न’

विश्वकै धनाढ्य जेफ बेजोसको विवाहमा स्थानीयले नाराबाजी गरेका छन् । इटालीको पर्यटकीय शहर भेनिसमा आयोजित विवाह समारोहको विरोध गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

अमेजोनका संस्थापक तथा संसारका चौथो धनी बेजोस र अमेरिकी पत्रकार लरेन साँन्चेज बेजोसबीचको विवाहले शहरको वातावरण प्रदुषित पारेको उनीहरुको आरोप छ । अर्बौं खर्च गरिएको तीन दिनको विवाहले भेनिसको वातावरण बिग्रेकोमा अभियन्ताहरु चिन्तित देखिएका हुन् ।

उनीहरुको शुक्रबार भएको विवाहमा दुई सयभन्दा बढी पाहुना सहभागी भएको बताइन्छ । विवाह सान जर्जियो टापुमा भएको थियो भने शनिबारको अन्तिाम पार्टी भेनिस शहरमा । प्रदर्शनकारीहरुले ‘किस हुन्छ, बेजोस हुन्न’, ‘बेजोस हुन्न, युद्ध हुन्न’ ब्यानर बोकेका थिए । उनीहरुले दुलहीले लगाएको २७ किसिमका पहिरनलाई पृथ्वीको तापक्रमसँग जोडेर विरोध गरेका छन् ।

भेनिसबासीहरुले थेग्न नसक्नेगरी पर्यटक बढेकाले आफूहरुको आवास खर्च बढेको, वातावरणीय सन्तुलनमा असर परेको बताएका छन् । यता बेजोसले शहरको वातावरणीय अनुुसन्धान र भेनिस संरक्षणका लागि १० लाख युरो दिएका छन् ।

स्थानीयले विरोध गरेपनि व्यापारी र व्यवसायीहरुले महँगो व्यापारको स्वागत गरेका छन् । उनीहरुले बेजोसको विवाहका कारण व्यापार ह्वात्तै बढेको र पर्यटकको संख्या अचाक्ली हुन थालेको प्रतिक्रिया दिएका छन् ।

टिप्पणीहरू