स्वास्थ्यमन्त्री पौडेलको स्वास्थ्यमा सुधार
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएको छ । बिरामी परेपछि शनिबार वीर अस्पताल भर्ना भएका उनी क्रमश: निको हुँदै गएको बताइएको छ ।
शुक्रबार दिउँसो थ्याइल्याण्डबाट फर्किएका मन्त्री पौडेललाई सोही दिन साँझ रुघाखोकीसहित ज्वरो आएको थियो । सुरुमा उनलाई कोरोना वा डेंगु संक्रमण भएको अनुमान गरिए पनि रिर्पोटमा त्यस्तो नदेखिएको अस्पताल प्रशासनले जनाएको छ ।
मन्त्री पौडेल अस्पतालबाट ड्रिस्चार्ज भने भइसकेका छैनन् । अहिले पनि अस्पतालको भिआईपी क्याविनमा राखेर उनको उपचार भइरहेको बुझिएको छ ।
टिप्पणीहरू