कांग्रेस मुख्यालयमा बैठकअघि अनसन र प्रदर्शन
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सानेपास्थित पार्टी कार्यालयमा प्रदर्शन गरेका छन् । कालो पोशाकमा उपस्थित भएका विद्यार्थी नेताहरूले कालै कपडाले मुख छोपेर कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।
वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको र विधानबमोजिम नयाँ कार्यसमिति गठनको माग गर्दै उनीहरुले ‘म मेरो पार्टीले बन्धक बनाएको नेविसंघ’, ‘कहिलेसम्म म्यादी नेविसंघ ?’ लगायतका नारा लेखिएको प्लेकार्ड देखाएका छन् । अर्को भातृ संगठन तरुण दलका नेताहरु पनि हिजोदेखि तदर्थ समिति भंग गर्न माग गर्दै कार्यालयको मूल ढोका छेउमा आमरण अनसन बसिरहेको अवस्था छ ।
पार्टीको केन्द्रीय समिति बैठक आजदेखि शुरु हुन लागेकाले भातृ संगठनका नेताहरु सानेपाकेन्द्रीत प्रदर्शनमा उत्रिएका हुन् । अहिले पार्टीका नेताहरु सानेपा पुग्नेक्रम जारी छ ।
टिप्पणीहरू