प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनमा आयोजित संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’सम्बन्धी सम्मेलनको उद्घाटनसत्रमा सहभागी हुनुभएको छ । स्पेनको सेभियामा आयोजित अन्तरार्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएको हो ।
उहाँ स्पेनका नरेश फिलिप द्वितीयले आयोजना गर्नुभएको रात्रिभोजमा हिजै सहभागी हुनुभएको थियो । सेभियास्थित रोयल अल्काजरमा संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका लागि रात्रिभोजको आयोजना गरिएको हो ।
रात्रिभोजअघि प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता भएको बताइन्छ ।
टिप्पणीहरू