धनगढीमा दुई हजार घर डुब्यो, आठ जनाको उद्धार
लगातारको वर्षापछि कैलाली र कञ्चनपुरका धेरै बस्ती डुबानमा परेका छन् । धनगढीमा मात्रै दुई हजारबढी घर डुबेको बताइन्छ ।
यसबीच डुबानमा परेका आठ जनालाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।
धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका चारजना र बेली गाउँका चारजनालाई उद्धार गरिएको हो । हिजो दिउँसोदेखि परेको वर्षा आज बिहानदेखि मुसलधारेमा परिणत भएको छ ।
धनगढी वरपर कञ्चनपुरको बेलौरीमा सबैभन्दा धेरै पानी परेको बताइन्छ । सुदूरपश्चिमका सबै जिल्लामा हिजोदेखि लगातार वर्षा भएको छ । भरे रातिदेखि वर्षा कम हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ ।
टिप्पणीहरू