सुनचाँदी व्यवसायीहरुको अनसन र र्‍याली यथावत

सुनचाँदी व्यवसायीहरुको अनसन र र्‍याली यथावत फाइल फाेटाे

नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले जेठ ६ गतेदेखि गर्दै आएको अनसन आज पनि जारी छ । रत्नपार्कस्थित गणेश मन्दिर परिसरमा राखिएको रिले अनसनमा व्यवसायी र कालीगढहरुको सहभागिता रहँदै आएको छ । उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज, हिरा जुहारतमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग गरेका छन् ।

आजै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले र्‍याली र कोणसभाको कार्यक्रम राखेका छन् । बूढानीलकण्ठ सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघको संयुक्त आव्हानमा बिहान ११ बजे सुकेधारादेखि चाबहिल चोकसम्म जुलुस निकाल्दै छन् । त्यसपछि कोणसभा गर्ने जनाइएको छ ।

टिप्पणीहरू