काठमाडौंमा छात्रवृत्तिका लागि सूचना

काठमाडौंमा छात्रवृत्तिका लागि सूचना

काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि आवेदन फाराम खुलाएको छ । महानगरको क्षेत्राधिकारमा रहेका संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा पढ्न चाहने विद्यार्थीसँग दरखास्त मागिएको हो । 

महानगरले आज सूचना जारी गर्दै इच्छुक विद्यार्थीहरुलाई यही असार २७ गतेसम्म अनलाइनमार्फत आवेदन पेश गर्न आह्वान गरेको छ । महानगरको वेबसाइटमा गई सम्बन्धित लिंकमार्फत आवेदन दिन सकिने छ । 

त्यस्तै, छात्रवृत्ति परीक्षा आउँदो साउन ३ गते सञ्चालन हुने महानगरले जनाएको छ । परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ ।
 

टिप्पणीहरू