एमाले नगर अध्यक्षमाथि कारबाहीको माग

एमाले नगर अध्यक्षमाथि कारबाहीको माग

नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले नेकपा एमालेका लहान नगर अध्यक्ष राजकुमार साहमाथि कारबाहीको माग गरेको छ । महासंघका सिरहा अध्यक्ष मनोज बनैता यादवलाई गालीगलौज गरेका साहमाथि छानबिन गरी कारबाही गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।

महासंघ प्रदेश समिति महासचिव शैलेन्द्र महतो (क्रान्ति) का अनुसार पत्रकार यादवले एउटा भिडियो सार्वजनिक गरेका थिए । सो भिडियालाई लिएर उनले सामाजिक सञ्जालमा अश्लील भाषाले गालीगलौज र अमर्यादित टिप्पणी गरेका हुन् । 

‘पत्रकार यादवले तथ्यमा आधारित रुपमा सार्वजनिक गरेको एउटा भिडियो सामग्रीलाई लिएर नगर अध्यक्ष साहले सामाजिक सञ्जालमा अश्लील भाषा, अमर्यादित टिप्पणी र गालीगलौजसहितको आक्षेप लगाएको महासंघ सिरहा शाखाले जनाएको छ’,आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

त्यस्ता व्यवहारले प्रेस स्वतन्त्रताको मात्र नभई लोकतान्त्रिक मूल्य मान्यतालाई कुण्ठित गर्ने महासंघको ठहर छ ।

टिप्पणीहरू