त्रिविको ढोका तत्काल खोल्न सर्वोच्चको आदेश

त्रिविको ढोका तत्काल खोल्न सर्वोच्चको आदेश

त्रिभुवन विश्वविद्यालयका विभिन्न पदाधिकारीकाे कार्यकक्षमा लागेको ताला तत्काल खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

न्यायाधीश नृपध्वज निरौलाको इजलासले आज गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा यस्तो आदेश गरेको हो । नेपाली कांग्रेस निकट नेविसंघका नेताहरुले ३४ दिनअघि उपकुलपति, रेक्टर, रजिष्टर लगायतको कार्यकक्षमा ताला लगाएकोमा उनीहरुले बाहिरैबाट काम गर्दै आएका थिए । 

विद्यार्थी नेताहरुको तालाबन्दीपछि अधिवक्ता महेश भट्टराईले सर्वोच्चमा रिट दर्ता गरेका हुन् । आजको सुनुवाइपछि इजलासले बाहिरै बसेर काम गरिरहेका पदाधिकारीलाई तत्काल कार्यकक्षमा बसेर काम गर्ने वातावरण बनाउन आदेश दिएको हो ।

टिप्पणीहरू