तातोपानी नाका हुँदै भित्रियो चिनियाँ हेलिकोप्टर

तातोपानी नाका हुँदै भित्रियो चिनियाँ हेलिकोप्टर

विभिन्न इलेक्ट्रिोनिक सामाग्री, लत्ताकपडा, फलफूल र अन्य सवारी साधान मात्र आयात हुँदै आएको सिन्धुपाल्चोकको तातोपानीस्थित चीन र नेपाल बीचको व्यापारिक नाकाबाट हेलिकोप्टर पनि आयात गरिएको छ ।

उक्त नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर हिजो बेलुकी नेपाल भित्रिएको हो । ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व असुलीसँगै प्रविधिकहरुले पूर्णरुपमा जाँच गरेपछि आज तातोपानीबाट उक्त हेलिकोप्टर काठमाडौंतर्फ उड्ने बताइएको छ ।

भूकम्पपछि चीनका विभिन्न सहरबाट सामान आयात गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर उक्त हेलिकोप्टर नेपाल भित्राएको भन्सार कार्यालयले जनाएको छ । नेपालको माउन्टेन हेलिकोप्टर प्रालिको सो हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको थियो । माउन्टेनले थप पाँचवटा चिनियाँ हेलिकोप्टर तातोपानी नाकाबाट आयात गर्न लागेको जनाएको छ ।
 

टिप्पणीहरू