सशस्त्र महिला संघको नाममा अनेक कार्यक्रम

सशस्त्र महिला संघको नाममा अनेक कार्यक्रम

सशस्त्र प्रहरी परिवार महिला संघको २४ औं वार्षिकोत्सवको अवसर पारेर विविध गतिविधि सञ्चालन गरिएको छ । 

संघको स्थापना दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरी बल गण नम्बर ७, वैद्यनाथ बाहिनी मुख्यालयले आज मठमन्दिर सरसफाई, रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

त्यस्तै, कञ्चनपुरस्थित नेपाल एपीएफ स्कुलसहित विभिन्न विद्यालयहरुलाई खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण, वृद्धाश्रम–अनाथलयमा खाद्यान्न र अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । 

साथै, महिला सशक्तिकरणमा योगदान पुर्याउने समाजसेवी महिला र सशस्त्र प्रहरी कर्मचारीलाई कदरपत्र तथा प्रशंसापत्रसहित सम्मान गरिएको पनि जनाइएको छ ।

टिप्पणीहरू