राप्तीमा ज्यालादारी कर्मचारीको विरोध

राप्तीमा ज्यालादारी कर्मचारीको विरोध

चितवनको राप्ती नगरपालिकामा ज्यालादारी कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन् । लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै उनीहरुले नगरपालिका कार्यालय भवनअगाडि नाराबाजी गरेका हुन् ।  

ज्यालादारी कर्मचारी संघर्ष समितिको तर्फबाट विभिन्न माग राखी गरिएको आन्दोलनमा पहाडी भूभागमा रहेका स्वास्थ्य केन्द्र बन्द भएको भन्दै ‘पहाडी भेगका जनताले कहिलेसम्म सिटामोल लिन ३-४ घण्टा हिँड्नपर्ने हो ?’ जस्ता नारा लगाइएको थियो । भण्डारा नगर अस्पताल पनि पूर्णरुपमा विगतको जसरी सञ्चालन गर्नुपर्ने माग पनि उनीहरुको छ ।

 

निःशुल्क एम्बुलेन्स सेवासमेत पूर्णरुपमा सञ्चालनमा आउन नसकेको उनीहरुले बताएका छन् । हिजो बिहान पौने ११ बजेको समयमा १५-२० जना उत्रेर विरोध कार्यक्रम भइरहेको समयमा कुनै अप्रिय घटना हुन नदिन तत्काल इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी सहायक निरीक्षक विनोद ठाकुरको कमाण्डमा प्रहरी टोली प्रदर्शन स्थलमा खटिएको थियो ।

टिप्पणीहरू