शिक्षा ऐन जारी नहुनु खेदजनक : नेविसंघ
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ ।
असार १५ गतेभित्र विधेयक पारित गर्न सरकार र शिक्षकहरुबीच सहमति भएपनि हालसम्म ऐन जारी नहुनु खेदजनक रहेको भन्दै नेविसंघले यस्तो माग गरेको हो ।
आज विज्ञप्ति जारी गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले संविधानप्रदत्त निःशुल्क माध्यमिक तहसम्मको शिक्षालाई युगसापेक्ष, प्रविधिमैत्री, वैज्ञानिक, गुणस्तरीय बनाउँदै शिक्षक छनौट पद्धतिलाई योग्यताका आधारमा शत प्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्त गर्ने व्यवस्थासहित ऐन जारीको माग गरेका छन् ।
त्यस्तै, इसिडी सहजकर्तालाई शिक्षकको मान्यता दिँदै शिक्षकसरह मर्यादा, क्षमता, सेवासुविधा वृद्धि र अस्थायी तथा राहत शिक्षकका हकमा ‘गोल्डेन ह्याण्डसेक’ जस्ता प्याकेजको व्यवस्था गर्न आग्रह गरिएको छ । यी मागसहित अविलम्ब शिक्षा ऐन जारी नभए आन्दोलनका सशक्त कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी नेविसंघले दिएक
टिप्पणीहरू