तिलैराकोटलाई विश्व सम्पदा सूचीमा पार्न पर्यटनमन्त्री पेरिस जाने

तिलैराकोटलाई विश्व सम्पदा सूचीमा पार्न पर्यटनमन्त्री पेरिस जाने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे फ्रान्स जान लागेका छन् । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्न आफू पेरिस जाने तयारीमा रहेको उनले आज जानकारी गराएका हुन् । 

 संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पाण्डेले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने सरकारको एजेण्डाबारे चर्चा गरे । सोक्रममा उनले त्यसैका लागि पेरिसमा हुने वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आफू जान लागेको बताए । 

तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न विगन लामो समयदेखि पहल भैरहेको मन्त्रीले जानकारी दिए । आफू त्यसका लागि ७ तारिकदेखि पेरिस जान लागेको बताउनु भयो ।

‘तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्नेगरी हाम्रो एजेण्डा छ । वल्र्ड हेरिटेज कमिटीको मिटिङ पेरिसमा छ । हामी १० वर्ष यता त्यो प्रयासमा छौँ । त्यसमा पनि थुप्रै जटिलताहरु छन्’, मन्त्री पाण्डेले भने, ‘त्यसमा हामी धेरै वर्षदेखि साधन श्रोत पनि धेरै लागिसकेको अध्ययन पनि धेरै भइसकेको छ । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक शहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था छ ।’

विश्व सम्पदा सूचीमा सुचिकृत गर्न २१ देश सम्मिलित कमिटीको बहुमतले निर्णय गर्नुपर्ने हुन्छ । त्यसमा एशियाबाट भारत, कतार, जापान, कोरियालगायतका देश रहेको मन्त्रीले बताए ।
 

टिप्पणीहरू