रविको नाममा सही गर्ने ट्राफिक प्रहरी हेडक्वाटर तानिए

रविको नाममा सही गर्ने ट्राफिक प्रहरी हेडक्वाटर तानिए

सहकारी काण्डमा अदालतको आदेशले जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छुटाउन चलेको हस्ताक्षर अभियानमा सहभागी एक प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । 

ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत सई कमल खड्कालाई हेडक्वार्टरले छानविनमा तानेको हो । सहकारी ठगीको मुद्दामा उच्च अदालत बुटवलको आदेशले पुर्पक्षका लागि भैरहवा कारागार गएका लामिछानेलाई बाहिर निकाल्न रास्वपाले देश तथा विदेशमा हस्ताक्षरसहित नगद संकलन अभियानमा चलाइरहेको छ । साेही क्रममा सो पार्टीको जिल्ला समिति बाँकेले नेपालगञ्जमा गरेको कार्यक्रममा पुगेर सई खड्काले प्रहरी पोशाकमै हस्ताक्षर गरेका थिए । 

उनले लामिछानेको पक्षमा हस्ताक्षर गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको थियो । प्रहरीको आचारसंहिता र मर्यादाविपरित कारागारमा रहेका व्यक्तिलाई छुटाउन हस्ताक्षर गरेपछि खड्का विभागीय कारवाहीमा परेका हुन् ।
 

टिप्पणीहरू