संस्कारी युवतीको पछिल्लो अवतारले छिमेकमा खैलाबैला

संस्कारी युवतीको पछिल्लो अवतारले छिमेकमा खैलाबैला

म्यानमार (बर्मा)मा नेपाली भाषा बोल्नेहरुको संख्या झण्डै पाँच लाख छ । नेपाली मूलका बर्मेली समुदायमा ‘भाषा र संस्कृति प्राणभन्दा प्यारो’ भन्ने भाष्य स्थापित छ । 

नेपाली भाषी विद्यार्थीहरुलाई लक्षित गरेर त्यहाँ गोर्खा विश्वविद्यालय समेत स्थापना गरिएको छ । त्यहाँका अधिकांश विद्यार्थीको रुची र रोजाइमा नेपाली साहित्य पर्ने गरेको छ । नेपाली भाषीहरू सकेसम्म हिन्दू संस्कारलाई अबलम्बन गर्न रुचाउँछन् । त्यसैले पनि उनीहरु अराजकता, उच्छृखंलता र नग्नतालाई बढावा दिँदैनन् । 

तर, त्यही संस्कारबाट हुर्किएकी एक युवतीको बिकिनी अवतार सार्वजनिक भएपछि यतिबेला मोगोक, मिचिना, ताउजी, तमु, रंगुन, मेयोमेयो लगायतका बर्मेली समुदायमा खैलाबैला मच्चिएको छ । २५ वर्षीया शारदा सुवेदीले बिकिनीमा खिचाएको तस्बिर केही दिनयता बर्मेली समुदायमा छ्यापछ्याप्ती बनेको हो । 

त्यसो त, कस्तो पोशाकमा फोटो खिच्ने वा खिचाउने, त्यो शारदाको निजी मामिला हो । तर बर्मेली समुदायकी परिचित युवतीको त्यस्तो तस्बिर बाहिरिएपछि अगुवाहरु चिन्तित बनेका छन् । कतिसम्म भने शारदाकै आफन्त, छिमेकी, शिक्षक र शुभचिन्तकहरु समेत निराश बनेका हुन् । 

गोर्खा विश्वविद्यालयबाट साहित्यमा डिप्लोमा गरेकी र विद्यार्थी युनियनकी पूर्व अध्यक्ष समेत रहेकी उनी उच्च अध्ययनको लागि तीन वर्षअघि अमेरिका गएकी थिइन् । बर्मामा हुँदा उनले संस्कृति जोगाउने अभियान समेत चलाएकी थिइन्, र त्यससँग सम्बन्धित प्रशिक्षण पनि दिन्थिन् । बर्मेली समुदायमा उनी निकै संस्कारी युवतीको रुपमा परिचित रहेको जानकारहरु बताउँछन् । तर उनै शारदाले न्युर्योकको सामुद्रिक टापुमा पुगेर बिक्नीमा खिचाएको तस्बिर सार्वजनिक भएपछि ‘आफूले संस्कृति सिकाएर आफै संस्कृति भुलेको’ टिप्पणी हुन थालेको छ । 

बताइएअनुसार थाइल्याण्डस्थित नेपाली दूतावास निकट एक व्यक्तिले शारदाको उक्त तस्वीर बर्मेली समुदायमा भाइरल बनाएका हुन् । ती व्यक्तिले बर्मेली समुदायका अगुवा, प्राध्यापक, साहित्यकार र विभिन्न संगठनका पदाधिकारीहरुलाई मेसेजबाट फोटो सर्कुलेट गरेको बताइन्छ । 

बर्मामा हुँदा संस्कृतिको पर्याय बनेकी र अमेरिका पुगेपछि बिकिनी अवतारमा फोटो शुट गराएकी शारदाको उक्त तस्वीर देखेपछि एक प्राध्यापक भन्छन्, ‘यहाँ (निचिना) हुँदा उनी त्यस्तो थिइनन्, उता (न्युयोर्क) गएपछि उतैको हावाले छोयोजस्तो छ । तर यो राम्रो होइन ।’

त्यस्तै, शारदासँगै विश्वविद्यालय पढेकी एक क्लासमेट भन्छिन्, ‘उनले यस्तो फोटो खिचाउँछिन् होला भनेर मैले कल्पना पनि गरेको थिइनँ, यति धेरै परिवर्तन राम्रो होइन, उनले आफ्नो संस्कृति बिर्सिसकिछन् । अब हलिउडका हिरोइनलाई माथ खुवाउने भइन् ।’

बर्मेली समुदायका एक अगुवाले पनि निराशा पोखेका छन् । ‘यहाँ हुँदा उनैलाई हेरेर हामी हाम्रो संस्कृतिप्रति गर्व गथ्र्यौ, तर अहिले जुन प्रकारको फोटो आयो, त्यसले हामीलाई चिन्तित बनाएको छ , हाम्रो संस्कारले नग्नता कहिल्यै सिकाएको थिएन’, उनले भने ।

टिप्पणीहरू