प्रहरीका हाकिमलाई धम्क्याउने जसपा नेताविरुद्ध पक्राउ पुर्जी

प्रहरीका हाकिमलाई धम्क्याउने जसपा नेताविरुद्ध पक्राउ पुर्जी

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाही जिल्ला अदालतले आपराधिक उपद्रव कसुरमा आज पक्राउ पुर्जी जारी गरेको हो । 

यादवले सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रबहादुर खड्कालाई फोनमा ‘तँ’ भन्दै धम्कीपूर्ण भाषा बोलेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो । अडियोमा यादवले ‘तिमीहरु मधेशलाई लुट्न आएका हौँ’ भन्दै गालीगलौज गरेको सुन्न सकिन्छ । 

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले यादवको खोजी गरिरहेको बुझिएको छ ।

टिप्पणीहरू