अँध्यारोमा वीपी राजमार्गमा सवारी साधन गुडाउन नपाइने
बीपी राजमार्गमा थप एक महिना रातको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीलाई जोड्ने सडकखण्डमा थप एक महिना रातको समयमा सवारीसाधन चलाउन निषेध गरिएको छ ।
यसअघि असार ७ गतेदेखि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि सवारीसाधन चलाउन रोक लगाइएको छ । तर, मनसुन सक्रिय रहेकाले वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले सार्वजनिक तथा निजी सवारीसाधन चलाउन लगाइएको रोक एक महिना थपिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकल काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई पर्सिदेखि एक महिनाका लागि रातको समयमा सञ्चालनमा निषेध गरेको हो ।
टिप्पणीहरू