बाढीमा फसेकाहरूको हेलिकोप्टरबाट उद्धार

बाढीमा फसेकाहरूको हेलिकोप्टरबाट उद्धार

भोटेकोशीमा आएको बाढीले त्रिशुली नदीको सतह बढेपछि नुवाकोटको विदुर नगरपालिका–१ मा फसेका दुई जनाको उद्धार गरिएको छ । ज्यान जोगाउन रुखमा चढेका उनीहरुको नेपाली सेना श्रीनाथ गणका प्रमुख सेनानी प्रदुम्नप्रसाद गौतमको अगुवाइमा उद्धार गरिएको हो । 

स्थानीय इन्द्रेणीघाटस्थित त्रिशुली नदीमा फसेकाको यसअघि सानो हेलिकप्टरले उद्धार गर्न नसकेपछि अर्को ठूलो हेलिकप्टर पुगेको कालिका गाउँपालिका २ का वडाध्यक्ष उमेश न्यौपानेले जानकारी दिए । बिहानै घाँस–दाउरा गर्न गएका उनीहरु नदीमा एक्कासी बाढी आएपछि फसेका थिए ।

 

टिप्पणीहरू