रास्वपा सांसद सुमनाको आक्रोश : काइते सम्झौता गरिँदैन

रास्वपा सांसद सुमनाको आक्रोश : काइते सम्झौता गरिँदैन

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको आजको बैठक बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरणमा पार्टीले उठाएको मागलाई सरकारले बेवास्ता गरेको जनाउँदै सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । 

सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा सरकार संवेदनशील नबनेको र गम्भीर नबन्दासम्म बैठक बहिष्कार गर्ने बताइन् । उनी बोलेपछि रास्वपा सांसदहरु हलबाट बाहिर निस्किएका हुन् ।

सांसद सुमना श्रेष्ठले पनि सामाजिक सञ्जालमा लेख्दै सरकारसँग काइते सम्झौता नगर्ने बताएकी छन् । ०७८ सालमा भिजिट भिसा र सोबाट श्रृजित समस्या र समाधानको सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनको पहिलो पृष्ठ सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘काइते समझौता यतिकै भनेको होइन, कति पटक उस्तै अध्ययन गर्नु पर्ने ?’

टिप्पणीहरू