तिब्बतमा अत्यधिक वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
चीनको तिब्बतमा अत्यधिक वर्षा हुने सूचना आएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सीमा क्षेत्रका बासिन्दालाई सचेत गराएको छ ।
भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन प्रशासनले सूचित गरेको हो । साथै, अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदासमेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सूचनामा भनिएको छ, ‘छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुनसक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।’
चीनमा परेको अविरल वर्षाका कारण आज बिहानै भोटेकोशी खोला हुँदै रसुवामा आएको बाढीले सात जनाको ज्यान जानुका साथै ठूलो भौतिक क्षति पुगेको छ ।

टिप्पणीहरू