श्रमिकको ज्याला कम्तीमा दैनिक एक हजार हुनैपर्ने

श्रमिकको ज्याला कम्तीमा दैनिक एक हजार हुनैपर्ने

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले असार २६ गते देशभर प्रदर्शन गर्ने भएको छ । न्यूनतम पारिश्रमिकको अविलम्ब पुनरावलोकन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको पूर्ण कार्यान्वयन, श्रमसम्बन्धी कानुनको संशोधनलगायत माग सम्बोधनका लागि सरोकारवालाहरुलाई दबाब दिन केन्द्रले आन्दोलन घोषणा गरेको छ । 

उक्त दिन काठमाडौंसहित सातै प्रदेशमा संयुक्त प्रदर्शन गर्ने, ज्ञापनपत्र बुझाउने, औद्योगिक करिडोरहरुमा श्रमिक र्याली र सभा गर्ने कार्यक्रम राखिएको छ । माग सम्बोधन नभएमा राष्ट्रिय आमहड्तालसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी दिइएको छ । न्यून पारिश्रमिक हुँदा श्रमिकहरु समस्यामा परेको जेटियुसीसीको भनाइ छ । 

महँगी र मुद्रास्फीतिबाट श्रमिकहरु चपेटामा परेको उल्लेख गर्दै केन्द्रले श्रमिकको मासिक पारिश्रमिक ३० हजार ४४३ रुपैयाँ तोक्नुपर्ने माग अघि सारेको छ ।

टिप्पणीहरू