लोकसेवाको जाँचमा अनियमितता गर्नेहरू निलम्बित

लोकसेवाको जाँचमा अनियमितता गर्नेहरू निलम्बित

लोकसेवा आयोगको परीक्षामा नियम तोड्ने तीन जना कारवाहीमा परेका छन् । आयोगले विभिन्न मितिमा लिएको लिखित परीक्षामा जथाभावी गर्ने दुई पुरुष र एक महिला परीक्षार्थीलाई कारबाही गरिएको हो । 

गत जेठ २० गते नेपाल विद्युत प्राधिकरणको सुपरभाईजर पदका लागि लिइएको लिखित परीक्षामा सिराहाका सन्तोषकुमार यादव मोबाइल हेरेर उत्तरपुस्तिकामा लेखिरहेको अवस्थामा फेला परेका थिए । उनलाई लोकसेवा ऐन, २०७९ को दफा ४१ को उपदफा २ को खण्ड (क) बमोजिम दुई वर्षका लागि आयोगबाट सञ्चालित परीक्षामा सहभागी हुन नपाउनेगरी निलम्बन गरिएको छ । 

जेठ २३ गते प्राधिकरणकै लेखा अधिकृत पदका निम्ति लिइएको परीक्षामा सुर्खेतका विनोद ढकाल प्रश्नपत्र फिर्ता नदिई लिएर गएको पाइएकोले एक वर्षका लागि निलम्बन गरिएको आयोगले जनाएको छ । यस्तै, गत असार १४ गते स्टास नर्स परीक्षामा सहभागी प्युठानकी वर्षा केसीले उत्तरपुस्तिका च्यातेकोले उक्त विज्ञापनको परीक्षा रद्ध गरिएको सूचनामा जनाइएको छ ।

टिप्पणीहरू