देशभरका मुख्य राजमार्ग ठप्प
अविरल वर्षा र बाढी-पहिरोको कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी हेडक्वार्टरले एक सूचना जारी गर्दै ६ प्रदेशका १४ भन्दा बढी राजमार्ग ठप्प भएको जानकारी दिएको छ ।
कोशी प्रदेशमा कोशी र मेची राजमार्ग, बागमती प्रदेशअन्तर्गत कान्ति लोकपथ, नेपाल-चीन नाका जोड्ने पासाङल्हामू सडकखण्ड र बनेपा-भक्तपुर सडक पूर्णत: अवरुद्ध भएका छन् । गण्डकी प्रदेशमा पर्ने कालिगण्डकी करिडोर र दरवांग राजमार्ग, लुम्बिनी प्रदेशको पूर्व-पश्चिम राजमार्ग र शहीद राजमार्गमा आवागमन रोकिएको छ ।
कर्णालीको भेरी करिडोर, जजारकोट-डोल्पा सडकखण्डमा पनि ठूलो पहिरो गएको छ । सुदूरपश्चिमको जयपृथ्वी राजमार्गसमेत पहिरोले ठप्प छ ।
प्रहरीले सवारी चालक र सर्वधारणलाई लामो यात्रा गर्नुअघि मौसमको पूर्व जानकारी राख्न पनि आग्रह गरेको छ ।
टिप्पणीहरू