मातापिता सरहका गुरूहरु पुजिँदै

मातापिता सरहका गुरूहरु पुजिँदै

आषाढ शुक्ल पूर्णिमाको दिन आज गुरू पूर्णिमा मनाइँदै छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूहरुप्रति श्रद्धाभाव जनाइने आजैका दिन वेदव्यास जयन्ती पनि परेको छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यास जयन्तीको दिनमा गुरू पूर्णिमा मनाउने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेख्नुभएको छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रू’ को अर्थ प्रकाश हो । त्यसैले गुरूको शिक्षाको कारण मानव अन्धकारबाट उज्यालोतर्फ जान सम्भव भएको हो ।

नेपाली समाजमा गुरूलाई मातापिता सरह मान्ने चलन छ ।

टिप्पणीहरू