महासचिवले अनुहार रातो पारेपछि सच्याइयो
निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छेडखानी अनुसन्धान गर्न संसदीय विशेष समिति गठन गर्दा भएको त्रुटी सच्याइएको छ । यसअघि उक्त समितिमा ‘संयोजक’ राखिएकोमा त्यसलाई सच्याएर ‘सभापति’ बनाइएको छ ।
राजनीतिक दलहरुसँगको छलफल र सहमतिपछि असार २३ गतेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’ घोषणा गर्दा सांसद जीवन परियारलाई संयोजक तोकिएको बताउनुभएको थियो । तर नियमावलीमा विशेष समिति गठन हुँदा सभापति हुने व्यवस्थाअनुसार सभामुख घिमिरेले आज पुनः सच्याइएको जानकारी गराउनुभएको हो । उहाँले अब ‘संयोजक’ नभई ‘सभापति’ हुने बताउनुभयो ।
त्यतिबेला समिति गठनको ड्राफ्ट तयार पार्दा संघीय संसदमा महासचिव पद्मप्रसाद पाण्डेले ‘सभापति’को सट्टा ‘संयोजक’ राखेको आरोप सांसदहरुको छ । तर समितिका सदस्यहरुले यसको गठनमै षड्यन्त्रको गन्ध देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएपछि गल्ती उजागर भएको हो ।
बताइएअनुसार सभामुख घिमिरेले ‘ड्राफ्टमा किन संयोजक राखेको ?’ भन्दै महासचिव पाण्डेसँग कडैसँग सोधपुछ गर्नुभएको समिति सदस्यहरुले दाबी छ । एक जनाले भने ‘हामी सदस्यहरुकै अघि उहाँ रिसाउनुभएको हो ।’ सभामुखको भनाई उदृत गर्दै एक सदस्यले भनिन्, ‘विधेयकको प्रतिवेदनमा एउटा शब्दको गल्तीले यो विशेष समिति बनाउनुपर्यो, तपाईं (पाण्डे)ले फेरि यही विशेष समितिको ड्राफ्टमा पनि गल्ती गर्नुभयो, अलि ध्यान दिएर गर्न सकिँदै
नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका परियार नेतृत्वको उक्त समितिमा सुशीला थिङ, नेकपा (एमाले)बाट इश्वरी घर्ती र नारायणप्रसाद शर्मा, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
टिप्पणीहरू