उपकुलपतिको फोटोबारे सामाजिक सञ्जालमा टिप्पणी

उपकुलपतिको फोटोबारे सामाजिक सञ्जालमा टिप्पणी

त्रिभुवन विश्वविद्यालयका नवयिुक्त उपकुलपति प्रा.डा दीपक अर्यालले आफ्नै फोटो टाँसेर भानुजयन्तीको शुभकामना सन्देश जारी गरेपछि आलोचना गरिएको छ । त्रिविको लेटरप्याडमा आफ्नो तस्बिर राखेर २१२औँ भानुजयन्तीको शुभकामना दिएकोमा टिकाटिप्पणी भएको छ । 

‘मातृभाषा, साहित्य र संस्कृतिको सेवामा समर्पित आदिकवी भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको यस अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक एमव्  नेपाली भाषाप्रेमीहरूमा शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्, ‘...यस अवसरमा हामी सबैलाई आफ्नो भाषा, संस्कृति र पहिचानप्रति गर्व भावना जागृत गराओस् भन्ने कामना पनि गर्दछु ।’

सामान्यतयाः सरकारी लेटरप्याडमा सम्बन्धित व्यक्तिको नाम र हस्ताक्षर राखिने भए फोटो राखिनुलाई स्वाभाविक मानिँदैन । उपकुलपति अर्यालद्वारा हस्ताक्षरित सोही सन्देश पत्र विश्वविद्यालयको आधिकारिक वेवसाइटमै राखिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । पत्र सेयर गर्दै शंकर पाण्डे (एमफिएल)ले लेखेका छन्, ‘नपाउनेले केरा पायो, बोक्रैसँगै खायो भन्या यही होला ।’

त्यस्तै, यज्ञश्वर सुवेदीले पनि कटाक्ष गरेका छन् । ‘नयाँ भिसीले काम पनि नयाँ गर्लानजस्तो लाग्यो’, उनको प्रतिक्रिया छ, ‘बरु फोटो चाहिँ पासपोर्ट साइजको मात्र भयो, अलि ठूलो राखेको भए हुने !’

टिप्पणीहरू