अफ्रिकामा मिडियाकर्मीहरुको भेला
अफ्रिकी मिडिया काउन्सिलहरुको सञ्जाल (एनआईएमसिए) को शिखर सम्मेलन आजदेखि शुरु भएको छ । ताञ्जानियाको अरूसा इन्टरनेशनल कन्फरेन्स सेन्टरमा आयोजित सम्मेलन आगामी बिहिबारसम्म चल्ने छ ।
विभिन्न देशका मिडिया काउन्सिलका पदाधिकारी,पूर्व पदाधिकारी, पत्रकारसहित चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनको उद्घाटन सत्रमा युनेस्कोका प्रतिनिधिसहित भारत,नेपाल,टर्की,साइप्रस,म्यान्मार,अल्जेरिया,कोसोभोको पनि सहभागिता छ ।
आगामी पाँच दिनसम्म सहभागीहरुले सही सूचना र मिथ्या सूचना,त्यसले विश्व समुदायमा पार्ने प्रभाव,पत्रकारितामा एआईको प्रयोग,उत्कृष्ट समाग्री उत्पादन र पेशागत जवाफदेहीतालगायत विभिन्न विषयमा छलफल गर्दैछन् ।
गत वर्ष दक्षिण अफ्रिाकाको केप टाउनमा सम्पन्न सम्मेलनले पत्रकारिताको लोकतान्त्रिक मूल्य मान्यताबारे घोषणापत्र सार्वजनिक गरेको थियो । यस पटक सूचना प्रविधिको तीव्र विकासले पत्रकारितामा ल्याएको परिवर्तन र त्यसको व्यवस्थापन सम्बन्धमा साझा धारणा सार्वजनिक गरिने बताइएको छ ।

टिप्पणीहरू