पत्रकारलाई धम्काइएकोमा प्रेस सेन्टरको आपत्ति

पत्रकारलाई धम्काइएकोमा प्रेस सेन्टरको आपत्ति

स्पेन प्रकरणबारे खुलासा गरेका पत्रकारलाई धम्काइएको भन्दै नेकपा माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा आफ्नै तर्फबाट सहभागी केही व्यक्ति नफर्किएको समाचार सार्वजनिक गरेका पत्रकार सन्तोष देउजालाई धम्की दिइएको प्रेस सेन्टरको दाबी छ । 

प्रेस सेन्टरका केन्द्रीय सचिव देउजाले अडियोसहित कपुरबोट मिडियामार्फत सार्वजनिक गरेको समाचारलाई लिएर सरकार निकट केही व्यक्तिले सामाजिक सञ्जालमा धम्की दिने, डरत्रास देखाउने काम गरिरहेको सेन्टरको ठहर छ । विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले उनको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ ।

टिप्पणीहरू