महिलाको निधनपछि एकपछि अर्को निर्देशन
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउगोठ भत्काउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ । छाउगोठमा सुतेकी एक युवतीको सर्पदंशबाट निधन भएपछि सिडियो कार्यालयले पछिल्लो निर्देशन दिएको हो ।
जिल्लाका नौ वटै स्थानीय तहसँगको पत्राचारमा सिडिओ कार्यालयले छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । ‘यस जिल्लाका ९ वटै स्थानीय तहमा छाउपडी गोक भत्काई परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मुलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले तहाँ पालिकाबाट आवश्यक निर्णय गरी सो सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउनहुन अनुरोध छ,’ पठाइएको पत्रमा उल्लेख छ ।
भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, वेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्बास नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकालाई पत्र पठाइएको हो । महिनावारीको समयमा छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला आउजीको शुक्रबार राति सर्पले गालामा डसेपछि अस्ति साँझ उपचारको क्रममा निधन भएको हो ।
हिजो नगरपालिकाले सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको थि
टिप्पणीहरू