खीर खाएको भोलिपल्ट कोदो दिवस
अबदेखि हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइने भएको छ । असार २३ गतेको मन्त्रिपरिषद् बैठकले उक्त दिनलाई कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा क्याविनेट बैठकले दिवस मनाउने निर्णय गरेको बताइएको छ । यसअघि सरोकारवालाहरूले साउन १५ गते आफ्नै हिसाबले दिवस मनाउने गरेका थिए ।
स्वास्थ्यका दृष्टिले अत्यन्त उपयोगी भएपनि विगतमा कोदोलाई गरिबले खाने अन्न भनेर हेप्ने गरिन्थ्यो । पछिल्लो केही वर्षयता भने कोदोको उपभोग बढ्दै गएको छ ।
कोदो र कोदोजन्य खाद्यान्नको माग/उपभोग बढे पनि उत्पादन बढाउन सकिएको छैन । जसका कारण विदेशबाट करोडौँको कोदो आयात गर्नुपर्ने अवस्था छ ।
त्थ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा मात्र ७१ करोड ८७ लाख ८४ हजार रुपैयाँको १४ हजार ३ सय ५५ टनको कोदो आयात भएको छ । यो स्थितिमा कोदो खेतीलाई प्रवर्द्धन गर्दै आन्तरिक उत्पादन बढाउन सरकारले राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो ।
टिप्पणीहरू